Logo

बेलायतका नेपाली प्रदेशमा लगानी गर्न उत्साहित छन् : मुख्यमन्त्री गुरुङ



Spread the love

१७ भदौं, काठमाडौँ l बेलायतमा बसोबास गर्ने नेपालीहरू प्रदेशमा लगानी गर्न इच्छुक रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् l

बेलायत भ्रमण सकेर आज स्वदेश फर्कने क्रममा पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न बेलायतवासी नेपाली इच्छुक देखिएको बताएका हुन् ।

मुख्यमन्त्री गुरुङले एनआरएन बेलायत र व्यवसायी गरेर बसेका नेपालीसँगको छलफलको क्रममा प्रदेशमा लगानीका लागि इच्छा देखाएको र लगानी मैत्री वातावरण बनाउने स्वयंले बचन दिएको बताउँदै अन्तर्राष्ट्रिय म्याराथन तथा फुटबल लगायतका खेलकुद क्षेत्रमा सहारा युके लगायतका संस्थाले व्यवस्थित लगानीको इच्छा देखाएको पनि मुख्यमन्त्री गुरुङले बताएका छन् l

आफ्नो बेलायत भ्रमण सफल हुनका साथै यसले प्रदेशमा लगानी बढाउने महत्वपूर्ण टेवा पुग्ने मुख्यमन्त्री गुरुङको दाबी छ । मुख्यमन्त्री गुरुङ बेलायतमा आयोजना हुने नेपाली मेला भाग लिनका लागि भदौ ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

मुख्यमन्त्री गुरुङलाई स्वागत गर्न प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन तथा वन वातावरणमन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल लगायत आएका थिए l

प्रतिक्रिया दिनुहोस्