Logo

लोकतन्त्र विरोधी गतिविधिप्रति सचेत रहन पार्टीका नेतालाई काँग्रेसको आग्रह



Spread the love

१७ भदौं, काठमाडौँ l आज दिउँसो १ बजेका लागि बोलाइएको काँग्रेस केन्द्रीय समिति बैठक अझैसम्म जारी छ । उक्त बैठकमा केन्द्रीय सदस्यले आफ्नो धारण राख्ने क्रम जारी छ भने पार्टी पदाधिकारीले भने आफ्नो मन्तव्य राख्न बाँकी नै छ ।

सो बैठकमा समसामयिक राजनीतिक प्रस्ताव र भातृ संस्थाबारे छलफल चलिरहेको छ । नेपाली काँग्रेसले लोकतन्त्र विरोधी गतिविधिप्रति सचेत रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्दै सरकारप्रतिको बढ्दो असन्तुष्टिलाई लोकतन्त्रप्रतिकै असफलताका रूपमा भ्रम फैलाउन खोजिएको काँग्रेसको ठहर छ l

बैठकमा पेश भएको दश बुँदे राजनीतिक प्रस्तावमा भ्रष्टाचार, संविधान संशोधन, मधेश मुद्दादेखि संवैधानिक निकायका अधिकारमाथि प्रधानमन्त्रीबाट भएको हस्तक्षेपबारे उल्लेख छ।उक्त बैठक आजै सकिने सम्भावना भने छैन ।

प्रतिक्रिया दिनुहोस्