Logo

अन्डर वल्र्ड डन दाउद इब्राहिम सहित चारजना आतंकवादी घोषित



Spread the love

एजेन्सी । भारत सरकारले नयाँ आतंकवाद निरोधक कानुनअनुसार चार जनालाई आतंकवादी घोषित गरेको छ ।

लश्कर–ए–तैयबाका संस्थापक हाफिज मुहम्मद सईद, मुम्बई आतंकवादी हमलाका आरोपी जकी–उर–रहमान–लखवी, जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहर, र भारतीय अन्डर वल्र्ड डन दाउद इब्राहिमलाई आतंकवादी घोषित गरेको हो ।

संसदले गैरकानुनी गतिविधि रोकथाम कानुन १९६७ मा एक महत्वपूर्ण संशोधनमा सहमति दिएको एक महिनापछि सरकारले उनीहरुलाई आतंकवादी घोषित गरेको हो ।

नयाँ कानुन अनुसार भारतले पहिलो पटक उनीहरुलाई आतंकवादी घोषित गरेको हो । मन्त्रालयले केही घटनाको हवाला दिँदै ती घटना घटाउनमा अजहर सामेल भएको उल्लेख गरिएको छ ।

जसमा २००१ को जम्मू–काश्मीर विधानसभा परिसरमा भएको हमला, २००१ मा संसदमा भएको हमला, २०१६ मा पठानकोट हमला र २०१७ मा श्रीनगर बीएसएफ क्याम्पमा भएको हमला तथा १४ फेब्रुअरीमा सीआरपीएफको बसमाथि भएको हमलामा उनीहरू सामेल रहेको उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्ताव १२६७ अनुसार राष्ट्रसंघले अजहरलाई वैश्विक आतंकवादी घोषित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्