Logo

अब, निजामती कर्मचारीले सहसचिव र उपसचिव पदका लागि खुला प्रतिस्पर्धा गर्न नपाउने !



Spread the love

२० भदौ, काठमाडौं । सेवामा कार्यरत निजामती कर्मचारीले उपसचिव र सहसचिव पदका लागि खुला परीक्षामा सहभागी भइ प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।

 

शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीको परीक्षामा खुला प्रतिस्पर्धा गर्ने बाटो बन्द गर्ने सहमति गरेको हो ।

अब उप्रान्त यदि निजामती कर्मचारीले उपसचिव र सहसचिवको परीक्षामा सहभागी हुन चाहेमा राजीनामा दिएर खुला प्रतिस्पर्धा गर्नुपर्नेछ । राजीनामा दिएर खुला प्रतियोगितामा प्रतिस्पर्धा गरेर उतिर्ण भएपनि त्यसअघिको सेवा अवधि पनि गणना हुने छैन ।

राजपत्रांकित प्रथम र द्धितीय श्रेणीको पदको खुला प्रतियोगिताबाट गरिने पदमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र संघीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय सेवा र अन्य कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको सांगठनिक संस्था वा अन्तर्राष्ट्रिय संस्थाको एक श्रेणी वा तह मुनिको अधिकृतस्तरको कर्मचारीले प्रतिस्पर्धा गर्न पाउने गरी राज्य व्यवस्था समितिले सहमति जुटाएको हो ।

हालसम्म निजामती कर्मचारीले सेवामा बहाल रहेरै उपसचिव र सहसचिव खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था रहिआएकाे छ ।

प्रतिक्रिया दिनुहोस्