Logo

अहिलेसम्मकै सबैभन्दा ठुलो डाइनोसरको कंकाल भेटियो !



Spread the love

एजेन्सी ।  नयाँ प्रकारको ‘डक-बिल्लेड डाइनोसर(duck-billed dinosaur)’ जापानमा पत्ता लागेको छ।

होक्काइडो युनिभर्सिटीका अनुसार ७२० लाख वर्ष पुरानो अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो डाइनोसर कंकाल जापानको मुकावा शहर नजिकैको समुद्री भण्डार मुनि भेटिएको हो ।

यसभन्दा पहिले सन् २०१३ मा होबेट्सु संग्रहालय र होक्काइडो विश्वविद्यालय संग्रहालयद्वारा संयुक्त रुपमा गरिएको उत्खननमा यसै डाइनोसरको पुच्छरको एक हिस्सा हुन् सक्ने अनुमान गरिएको छ ।

साइन्टिफिक रिपोर्टसमा प्रकाशित एक अध्ययनअनुसार लगभग सबै कंकाल पत्ता लगाइएको यस डाइनोसरको नयाँ जेनस र स्पेसिस रहेको छ । साथै उक्त डाइनोसर शाकाहारी रहेको बताइएको छ ।

वैज्ञानिकहरूले यस डाइनोसरको नाम “कम्युसौरस जापोनिकस (Kamuysaurus japonicus)”राखिएको छ । उत्तरी जापानका आदिवासीहरूको भाषा(आइनु) अन्तर्गत  ‘कामुई’ को अर्थ ‘विविधता’ र ‘सौरस’को अर्थ ल्याटिन भाषामा ‘सरीसृप’ भन्ने हुन्छ भने जापानी भाषामा सौरस भनेको जापोनिकास हुन् आउँछ ।

जीवित हुँदा कस्तो देखिन्थ्यो ?

Researchers found a nearly complete skeleton during an excavation in 2013.

होक्काइडो विश्वविद्यालय संग्रहालयका योशितसुगु कोबायाशीको नेतृत्वमा अनुसन्धानकर्ताहरूको समूहले कंकालका हड्डीहरूको विश्लेषण गरेअनुसार फेला परेको डायनासोर सम्भवतः वयस्क हो।

यो करिब ८  मिटर लामो थियो भने ४ देखि ५.३ टन यसको तौल(अहिलेको एसियाली हात्त्ति बराबर) रहेको हुनुपर्छ ।  यस डाइनोसर क्रमशः दुई वा चार खुट्टामा हिड्दथ्यो।

यसको खोपडीको अगाडिको हड्डी नासोफ्रन्टल सुटरल सर्फेस (nasofrontal sutural surface) लागि लामो लम्बाई रहेको अनुमान गरिएको छ, यसैको आधारमा यसलाई डक बिल(duck bill) नामाकरण गरिएको हो ।

कहाँ रहन्थ्यो ?

Carcass of Kamuysaurus, floating in the sea with two mosasaurs, two sea turtles, and four ammonoids.

यो जीव त्यतिबेला एशिया र उत्तर अमेरिका दुवैमा रहने गर्दथे । त्यस समय अहिलेको अलास्काले यी दुई महादेशलाई जोडेको थिए, यसकारण यो जीव दुवै महादेशमा आहारविहारको लागि रहने गर्दथे । अध्ययनकर्ताहरूको अनुसार यस जीव सामुन्द्रीक तटीय क्षेत्रमा ज्यादा रहन मन गर्दथे । (सिएनएन)

प्रतिक्रिया दिनुहोस्