Logo

लामखुट्टे मार्ने मेसिन गन लिएर बस्तीभित्र पसे सांसद बस्नेत



Spread the love

२५ भदौ,भक्तपुर । पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेत आफैं लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन् ।

डेंगुले उपत्यकाभित्रै महामारीको रुप लिएपछि नेकपाका युवा नेता तथा सांसद बस्नेत सोमवारदेखि डेंगुविरुद्धको अभियान लामखुट्टे मार्ने मेसिन लिएर बस्ति बस्तिमा विषादी छर्किदै हिँडेका हुन् ।

सांसद बस्नेतका अनुसार, कोरियन कम्पनीबाट निर्मित दुईवटा मेसिन यो अभियानमा प्रयोग गरिएको छ, एउटा मेसिनको एक लाख २५ हजार रुपैया पर्छ । मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ र सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किराहरु पनि मर्छन् ।

आफ्नो क्षेत्रमा डेंगु फैलिन नदिन सांसद बस्नेत विहानैदेखि डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिने फगर मेसिन बोकेर हिड्ने गरेका छन् ।

तीन दिनदेखि हामीले मेसिन लिएर लामखुट्टे बढि हुने बस्ती, पानी जमेका ठाउँ,मोटर ग्यारेज, टायरहरु भएको ठाउँमा पुगिरहेका छौं । स्थानीय साथीहरुले आग्रह गरेकाले धेरैजसो ठाउँमा म आफैं गइरहेको छु । यो निकै प्रभावकारी भएको छ । सरकारलाई गाली गर्ने भन्दा आ-आफ्नो ठाउँबाट यति गर्न सकिने सांसद बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्