Logo

अहिले पार्टीभित्र कुनै समस्या छैन : नेता खनाल



Spread the love
 

२७ भदौं, काठमाडौँ l अहिले पार्टीभित्र कुनै समस्या नरहेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट छ । नेता नेपालले आफ्ना असहमतिहरू व्यक्त गरिसकेका छन् ।

तर, नेता खनालले पार्टीभित्र विगतमा समस्या भएता पनि अहिले कुनै किसिमको समस्या नरहेको जिकिर गरेका छन् l

गृह जिल्ला इलामको फिक्कलमा नेकपाले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउँदै नेता खनालले भने, ‘पार्टी एकीकरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि, अहिले त्यो समाधान भइसकेको छ l ‘

नेता खनालले भिन्नै प्रसंगमा स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताउँदै स्थानीयस्तरमा विकासको लहर चलेको दाबी पनि गरेका छन् l

नेता खनालले ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान निर्माण गर्न सफल भएको बताउँदै अहिलेको संविधानलाई प्रत्येक पार्टीका सदस्य, जनप्रतिनिधिहरूले गहन रूपले अध्ययन गर्न पनि बताएका छन् l

प्रतिक्रिया दिनुहोस्