Logo

मोदीलाई ओलीले दिए तीन भाषामा जन्माेत्सवकाे शुभकामना !



Spread the love

३१ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्माेत्सवकाे अवसरमा तीनवटा भाषामा शुभकामना दिँदै छन् । मोदीको आज ६९ औं जन्मदिन हाे ।  प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा माेदीलाई जन्मदिनकाे शुभकामना दिएका हुन् ।

जन्मदिनकाे शुभकामना सन्देशमा मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गर्दै प्रम ओलीले दुवैजना मिलेर नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जन्माेत्सवकाे अवसरमा बिहानदेखि विश्वभरका नेताहरूले मोदीलाई शुभकामना व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्