Logo

आजदेखि हवाई इन्धन र खाना पकाउने एलपी ग्यासकाे मूल्य घट्याे



Spread the love

४ असोज, काठमाडौं । गए राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ ।  निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो ।

फाइल तस्बिर

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार, मूल्य घटेपछि अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम भएकाे छ भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० कायम भएको छ ।

केहि समय अघि चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बताएका थिए । हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेपनि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत नै छ । भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन निगमले डिजेल, पेट्रोल रम ट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्