Logo

दशैेंमा नयाँ नाेट वितरण नगर्ने राष्ट्र बैंकको याेजना



Spread the love

६ भदौं, काठमाडौं । राष्ट्र बैंकले दशैेंमा नयाँ नाेट वितरण नगर्ने याेजना बनाएको छ । राष्ट्र बैंकले वार्षिक ३ अर्बमाथि रकम खर्चिएर छापिएको नाेट दशैंमा प्रयोग गर्दा आयु छाेटाे हुने भन्दै नयाँ नाेट वितरण बन्द गर्ने तयारी गरेको हाे ।

दशैमा नयाँ नाेट वितरण गर्दा नाेटकाे हिफाजत नहुने र नाेट बिग्रिंदा देशलाई नै ठूलाे धनराशिकाे क्षति हुने गरेकोे भन्दै यसवर्ष नयाँ नाेट वितरण बन्द गर्ने याेजना बनाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निराैलाले जानकारी दिए ।

दशैंमा अविर लगाउने, भिजाउने जस्ता कामले नाेट विग्रने भएकाले मुलुकलाई ठूलो नाेक्शानी हुन नदिन मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक समेत रहेका निराैलाले यसलाई राेक्नु पर्छ भन्ने हाम्राे याेजना भएकाे पनि बताए । हिन्दु धर्मका यस्ता चाडपर्वमा नाेटकाे नास हुने गरेको र यस किसिमकाे घाटाबाट जाेगिने उपायमा, राष्ट्र बैंकले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अधिकारीहरूसँग छलफल समेत गरेको छ ।

नाेटकाे आयु बढाउने र गुणस्तर कायम राख्ने कुरामा राष्ट्र बैंकले स्पष्ट याेजना ल्याएमा समितिको सहयाेग हुने समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गाैतमले बताए ।

हिन्दु धर्ममा दान दक्षिणा गर्दा धेरै नाेट नष्ट हुने गरेको र अब दान दक्षिणा गर्दा धातु प्रयाेग गर्नु पर्ने  प्रवक्ता निराैलाकाे प्रस्तावमा पञ्चांग निर्णायक समितिले पनि समर्थन जनाएकाे छ । पञ्चांग निर्णायक समितिले यसकाे राेकथामका निमित्त सर्वप्रथम जनचेतनामूलक कार्यक्रम गर्न राष्ट्र बैंकलाई सुझाव समेत दिएको छ ।

धर्मका कारण नाेट नस्ट हुने समस्या नआएकाे स्पष्ट पार्दै, कानुन कडा नभएसम्म राेकथाम गर्न नसकिने र यस्का लागि कडा कानुन बनाउनु पर्ने सुझाव पञ्चांग निर्णायक समितिका पुर्व अध्यक्ष प्रा डा माधव भट्टराईले दिए ।

प्रतिक्रिया दिनुहोस्