Logo

मन्त्री पण्डितको गुनासो : निजामती कर्मचारीहरूले सेवा र सुविधामात्रै मागेर हैरान पारे



Spread the love

६ असोज, काठमाडौँ l सरकारले निजामती सेवाका कर्मचारीको सङ्ख्या कटौती गर्ने तयारी गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् l

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री पण्डितले लगानी छ तर फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक सङ्ख्यामा मात्रै राख्न लागिएको बताएका हुन् ।

मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरूले हैरान पारेको गुनासो पनि गरे l

निजामती कर्मचारीको सङ्ख्या बृदी हुँदै जाँदा त्यसका सेवा, सुविधामा केही अभाव उत्पन्न हुनुलाई स्वभाविक रूपमा लिनुपर्ने मन्त्री पण्डितको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्