Logo

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबिच आपसी समझदारी पत्रमा हस्ताक्षर हुँदै



Spread the love

७ असोज, काठमाडौँ l आज नागपोखरी स्थित मेरियट होटेलमा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच आपसी सहयोग/ सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर हुँदैछ ।

उक्त समझदारीपत्रमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, अर्को अध्यक्षद्वय पुष्प कमल दाहाल ‘प्रचण्ड’ को उपस्थितसँगै नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गर्ने नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन् l

उपप्रमुख रिजालले भने, ‘पहिला पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग हाम्रो यस्तो समझदारी हुने गरेको थियो । माओवादी केन्द्र र एमालेसँग थियो तर पार्टी एकता पछि नयाँ बनेको पार्टीसँग थिएन त्यसैले अहिले समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो l’

प्रतिक्रिया दिनुहोस्