Logo

चीनियाँ राष्ट्रपतिकाे भ्रमणमा १० परियाेजना पेश गर्दै नेपाल सरकार



Spread the love

८ असोज, काठमाडौं । सुरूङ मार्ग, रेलमार्ग, सडक निर्माण, प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्ने लगायतका १० परियोजनाको सूची सरकारले चीनका राष्ट्रपति समक्ष पेस गर्ने तयारी गरेकाे छ । सरकारले चीनका राष्ट्रपति सीकाे आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको हाे ।

चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा धेरै योजना भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका छन् । जस्मा ७ वटा याेजना समावेश छन् । त्यस्तै ऊर्जा मन्त्रालयका दुई र शिक्षाको एउटा परियोजना छन् ।

भौतिक पूर्वाधारअन्तर्गत केरुङ–काठमाडौं सडक स्तरोन्नति, काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको सुरुङमार्ग, केरुङ–काठमाडौं सडक स्तरोन्नति, अरनिको राजमार्ग स्तरोन्नति, तातोपानी नाका स्तरोन्नति, उपत्यका रिङरोडको स्तरोन्नति, केरुङ–काठमाडौं रेलमार्ग र किमाथान्का–धनकुटा–हिले सडक निर्माण परियोजना छन् ।

ऊर्जाअन्तर्गत गल्छी–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन र फुकोट कर्णाली हाइड्रो प्रोजेक्ट (४२६ मेगावाट) छन् । शिक्षा तथा प्रविधि मन्त्रालयअन्तर्गत चर्चित योजना मकवानपुरको चित्लाङमा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालय हो ।

नेपालको आवश्यकता र चाहनाअनुसार ती योजना अघि बढाउन परराष्ट्र मन्त्रालयलाई सूची पठाइएको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए ।

यी परियोजनामा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमै सम्झौता गर्न सकिने भएतापनि राष्ट्रपति सीकै भ्रमणमा गर्ने गरी तयारी अवस्थामा राखिएको नेकपाका एक शीर्ष नेताले बताए ।

सीको भ्रमणको मिति सार्वजनिक नभए पनि यसै महिनाको २६ देखि २८ गतेभित्र सी नेपाल आएर फर्कने सुरक्षा निकायहरूका अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्