Logo

नैतिकताका आधारमा पदत्याग गरे, युवा फुटबल टिमका मुख्य प्रशिक्षक श्रेष्ठले



Spread the love

८ असोज, काठमाडौं । २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । नेपालले साफ यू-१८ च्याम्पियनसिपमा गरेकाे खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् ।

 

अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईका अनुसार,  श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) मा राजीनामा पत्र बुझाएका छन् ।

अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू-१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएमछि मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको थियाे ।

आफूले अपेक्षित नतिजा दिन नसकेपछि नैतिकताका आधारमा पदत्याग गरेको श्रेष्ठले बताए । ‘ एक हिसाबमा भन्ने हो भने केहि अभागी भएजस्तो पनि लाग्छ । पहिलो खेलमा बराबरी खेल्दा त्यति नराम्रो प्रदर्शन थिएन । दोस्रो खेलमा सुरुवातमै वर्षा भयो । खेलाडीहरुले पनि त्यसपछि प्रदर्शन गर्न सकेनन् । भुटानको स्तर निकै माथि पुगिसकेको त्यहाँ मैदानमा मैले बुझें । बाहिरबाट हेर्दा भन्दा हामी भित्र रहेकालाई यसले थप गाह्रो बनाएको छ,’ श्रेष्ठले थपे ।

प्रतिक्रिया दिनुहोस्