Logo

दशैँसम्म मनसुन लम्बिने संकेत



Spread the love

८ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन अन्त्य हुनुपर्ने समय सकिएतापनि याे बर्ष भने दशैँसम्म मनसुन लम्बिने संकेत गरेकाे छ । पछिल्ला केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेका हुनाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकाे हाे ।

                                                                                     फाइल तस्बिर

मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्रिय रहने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम विश्लेषण बुलेटिनमा हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ । पश्चिम नेपालबाट पूर्वी नेपालतर्फ जलवाष्पयुक्त हावा सर्दै जानुलाई मनसुन सकिने सङ्केतका रुपमा लिने गरिन्छ ।

केही दिनअघि देखि अरेबियन तथा बङ्गालको खाडीबाट जलवाष्प निरन्तर आइरहेकाले मनसुनको समय लम्बिने सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षा भइरहेको छ ।

आज (बुधबार) दिउँसो ,देशैभरी आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ। आज रातीपनि देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का वर्षा हुनसक्ने सम्भावना छ।

भाेलि बिहिबार पनि देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्