Logo

जनताले सर्वाधिक रुचाएकाले नेकपा नेपालमा लोकप्रिय हुन पुग्यो : नेता नेपाल



Spread the love

८ असोज, काठमाडौँ l नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुशताको पक्षमा नरहेको बताएका छन् l

आज राजधानीमा पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिस्ट पार्टीहरूको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’ कार्यक्रममा सहभागिता जनाउँदै नेता नेपालले सो कुरा बताएका हुन् l

नेता नेपालले सोही कार्यक्रममा पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफैलाउन अन्य राजनीतिक दलहरूलाईसमेत चेतावनी दिएका छन् l

नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालझै उभिएर काम गरेकाले जनताको विश्वास लिएर शासन सत्ता सञ्चालन गर्ने मौका बारम्बार हासिल गरेको स्मरण गराउँदै जनताले सर्वाधिक रुचाएकाले नेपाल कम्युनिस्ट पार्टी नेपालमा लोकप्रिय हुन पुगेको पनि स्पष्ट पारेका छन् l

प्रतिक्रिया दिनुहोस्