Logo

विमानस्थलको नाममा व्यापार गर्नु हुँदैन : मन्त्री यादव



Spread the love

१० असोज, सिमरा l प्रदेश २ का पर्यटनमन्त्री रामनरेश राय यादवले स्वयंले विमानस्थलको नाममा अनावश्यक रुख काट्नु हुँदैन् मात्रै भनेको बताएका छन् l

आज सिमरामा विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी जनाउँदै मन्त्री यादवले अनावश्यक रुख काट्नु हुँदैन् मात्रै भनेको भन्दै मिडियामा आउँदा त्रुटी भएको हुन् सक्ने बताएका हुन् l

मन्त्री यादवले भने, “सङ्घीय सरकारले हामीसँग समन्वय गरेन र विमानस्थलको नाममा अनावश्यक रुख काट्नु हुँदैन् मात्रै भनेको हुँ । विमानस्थलको नाममा व्यापार गर्नु हुँदैन । कम रुख कटान गरेर विमानस्थल बनाउँदा कुनै आपत्ती छैन ।”

मन्त्री यादवले स्वयं बारामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको विरोधी नरहेको बताउँदै सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय हुनुपर्छ भन्ने मात्रै आफ्नो भनाई रहेको स्पष्ट पारे । मन्त्री यादवले सङ्घीय सरकारले प्रदेश सरकारसँग समन्वय नगर्नु दुःखद पक्ष रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्