Logo

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोज्यो : नेता पौडेल



Spread the love

१२ असोज, भक्तपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाएका छन् l

आज नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकी प्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा सहभागिता जनाउँदै नेता पौडेलले सो कुरा बताएका हुन् l

कार्यक्रममा बोल्दै नेता पौडेलले दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै जान लागेको बताउँदै काङ्ग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एकजुट बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए l

भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्नेमा सुझाव दिँदै वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको नेता पौडेलको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्