Logo

सडकमा उत्रिएर मात्रै समस्याको समाधान हुँदैन : मन्त्री बाँस्कोटा



Spread the love

१२ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आफ्नोतर्फबाट पत्रकारको न्यूनतम पारिश्रमिकको सन्दर्भमा बाटो बनाइदिएको स्पष्ट पारेका छन् ।

आज काभ्रेमा पत्रकार महासङ्घ काभ्रे शाखाको भवन उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सो स्पष्ट पारेका हुन् । सञ्चारगृहहरुले सरकारले भने अनुसार, तलब दिएका छन् कि छैनन्, त्यसको अनुगमन महासङ्घले गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र भाँडतन्त्र नभएको बताए । लोकतन्त्रको नाममा जे गरे पनि हुन्छ, भन्ने सोचाइ राख्नु गलत भएको भन्दै सडकमा उत्रिएर मात्र समस्याको समाधान नहुने भएकाले हातेमालो गर्नसमेत मन्त्री बाँस्कोटाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्