Logo

BREAKING NEWS: सभामुख महराले दिए पदबाट राजीनामा



Spread the love

१४ असोज, काठमाडौँ l संसद् सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

सभामुख महराले छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी पदबाट राजीनामा दिएका हुन् ।

उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, “हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।”

 

 

 

प्रतिक्रिया दिनुहोस्