Logo

महराले दिएका राजीनामा अपुरो भयो : प्रवक्ता शर्मा



Spread the love

१४ असोज, काठमाडौँ l नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा अपुरो भएको बताएका छन् l

आज आयोजित पत्रकार सम्मेलन कार्यक्रममा सहभागिता जनाउँदै प्रवक्ता शर्माले महराले उपसभामुख समक्ष पेस गरिएको राजीनामा अपुरो भएको बताएका हुन् l

उनले भने, “राजीनामा दिनु भएको हो कि कार्यबाहक ?” उनले नेकपा नेतृत्व गम्भीर हुनुपर्ने भन्दै प्रस्ट रूपमा महराले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

संसद् सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले पदबाट छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् l

प्रतिक्रिया दिनुहोस्