Logo

संसद् सचिवालयले सभामुख महराको राजीनामाबारे दियो सूचना



Spread the love

१५ असोज, काठमाडौँ l संसद् सचिवालयले सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे सूचना प्रकाशित गरेको छ । सचिवालयले मङ्गलवार महराले दिएको राजीनामासम्बन्धी सूचना प्रकाशित गरेको हो ।

संसद् सचिवालयले प्रकाशित गरेको सूचनामा भनिएको छ, “‘सम्माननीय सभामुख कृष्णबहादुर महराले यही असोज १४ गते ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनी प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिनुभएकोले माननीय उपसमाभुखज्युको आदेश अनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको छ l”

सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनले मङ्गलवार पदबाट राजीनामा दिएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्