Logo

महरा प्रकरणबारे भट्टराईले भने-“सीतालाई बली चढाउने चलन कहिलेसम्म ?”



Spread the love

१६ असोज, काठमाडौँ l समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका नेता कृष्णबहादुर महराको यौन दुर्व्यवहार प्रकरणबारे टिप्पणी गरेका छन् l अध्यक्ष भट्टराईले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत सो टिप्पणी गरेका हुन् l

उनले लेखेका छन्, “सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकाएर-धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! परपुरूषगमन गरेबापत अर्को पुरूष-लोग्नेले घर निकाला गर्ने ! यो राम-रावण द्वन्दमा सीतालाई बली चढाउने चलन कहिलेसम्म ? यही हो महिलामुक्ति-सांस्कृतिक क्रान्ति, कणहरू?”

प्रतिक्रिया दिनुहोस्