Logo

राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरूलाई सुधारौँ : रामवरण यादव



Spread the love

२४ असोज, काठमाडौँ l पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरूलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

आज देखि राजधानीमा सुरु भएको तमू समुदायको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै यादवले राजनीतिक वृत्तमा देखिएको अविश्वासको वातावरणलाई हटाउँदै संविधानले निर्दिष्ट गरेको मार्गमा लग्नुपर्ने जोड दिएका हुन् l

यादवले सरकार र राजनीतिक दलहरूमा विवेकपूर्ण आचरणको कमी रहेको बताउँदै राष्ट्रको उन्नति र प्रगति सरकार र दलहरूको विवेक र असल आचरणमा भरपर्ने बताए l

कार्यक्रममा बोल्दै यादवले आदिवासी तमू समुदायले आफ्नो भाषा र संस्कृति संरक्षण गर्दै आफ्नो मौलिक पहिचान कायम राख्न सफल रहेको बताएका छन् l

प्रतिक्रिया दिनुहोस्