Logo

विदेशी पाहुनासँग धेरै आशा राख्नु हुँदैन : अध्यक्ष भट्टराई



Spread the love

२६ असोज, काठमाडौँ l समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले विदेशी पाहुनासँग धेरै आशा राख्न नहुने बताएका छन् l

नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् l

उनले भने, “विदेशी पाहुना आउँदा घरमा मामा आउँदा जसरी के ल्याइदिए भन्ने जस्तो सोच राख्नु हुँदैन, मित्र राष्ट्रसँगको सम्बन्ध राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा राखेर हेर्नुपर्छ। चीनसँग सदैव हाम्रो यही प्रयास हुँदै आएको छ ।”

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमण सफल भएको बताउँदै भने, “यो भ्रमण अत्यन्त महत्त्वपूर्ण थियो । यो भ्रमणको लागि चिनियाँ सरकार र नेपाल सरकारलाई धन्यवाद र बधाई दिन चाहन्छु। भ्रमण मूलतः सफल नै रह्यो ।”

प्रतिक्रिया दिनुहोस्