Logo

बालकुमारीमा समाजवादी पार्टीको पदाधिकारी बैठक बस्दै



Spread the love

२७ असोज, काठमाडौँ l आज बालकुमारीमा समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्दैछ । उक्त बैठकमा पार्टी समायोजनको समीक्षा हुनेछ ।

पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार उक्त बैठकमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता भएपछि समायोजनका बाँकी काम पूर्णता दिनेबारे छलफल हुनेछ l

उनले भने, “सङ्गठन विस्तार र सुदृढीकरण अभियानबारे पनि छलफल हुन्छ, राजपालगायत पार्टी र संगठनहरूसँग एकता तथा ध्रुवीकरणबारे पनि छलफल गर्ने तयारी छ ।”

प्रतिक्रिया दिनुहोस्