Logo

क्रिकेटर खड्काले गरे राष्ट्रिय टिमको कप्तानी छाड्ने घोषणा



Spread the love

२८ असोज, काठमाडौँ l क्रिकेटर पारस खड्काले नेपाली राष्ट्रिय टिमको कप्तान पद त्यागेको घोषणा गरेका छन् ।

क्रिकेटर खड्काले सामाजिक सञ्जाल ट्विटर मार्फत कप्तानी त्यागेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, “क्यानमाथिको निलम्बन फुकुवा हुनु अति खुसीको कुरा हो । नयाँ कमिटीलाई मेरो शुभकामना छ, नेपाली क्रिकेट, क्रिकेटर तथा सरोकारवालाहरुको हितमा काम गर्नु हुनेछ भन्ने कामना छ । मैले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिने निर्णय गरेको जानकारी पनि गराउन चाहन्छु । जय नेपाल ।”

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका खड्काले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी-ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एक दिवसीय मान्यता पायो ।

प्रतिक्रिया दिनुहोस्