Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने मन्त्री भट्टराईको विश्वास



Spread the love

२८ असोज, काठमाडौँ l संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई माथि उठाउन चीन र दक्षिण एसियाका विद्धान साहित्यकारहरूको उपस्थितिले पनि महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताएका छन् l

आज देखि काठमाडौँमा सुरु भएको दोस्रो चीन–दक्षिण एसिया साहित्यिक सम्मेलन कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री भट्टराईले यस्तो बताएका हुन् l

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दिएका प्रत्येक ‘स्टेटमेन्ट’ले नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने मन्त्री भट्टराईको विश्वास छ l

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भूकम्पले ध्वस्त बनाएका सबै सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणको काम दुई वर्षभित्रै सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्