Logo

नेकपाले थप्यो, सङ्गठन विभागमा तीन सदस्य



Spread the love

२९ असोज, काठमाडौँ l आज बसेको नेकपाका सचिवालय बैठकले सङ्गठन विभागमा तीन जना थप गरेको छ । थपिनेमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी रहेका छन् ।

यसअघि सङ्गठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा गरी २ जना मात्रै थिए भने अहिले पाँच सदस्यीय भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार यसले पूर्णता पाउन भने अझै बाँकी नै छ l

प्रतिक्रिया दिनुहोस्