Logo

केही वर्षमै देशमा परिवर्तनको महसुस : मन्त्री बाँस्कोटा



Spread the love

२९ असोज, काठमाडौँ l सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गरेका छन् l

आज काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन (पुफा)द्वारा आयोजित १० दिने पाँचखाल महोत्सव शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले सरकार हाल विकासको महा अभियानमा रहेको बताउँदै केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गरेका हुन् ।

मन्त्री बाँस्कोटाले मुलुकको परिवर्तनलाई आत्मसात् गर्न सक्ने सामर्थ्य पाँचखालसँग रहेको बताउँदै महोत्सवलाई मेला, पर्व, परम्परा र संस्कृतिको रूपमा विकसित गर्दै जानुपर्नेमा जोड दिए ।

उनले भने, “मेला तथा महोत्सवले स्थानीय परम्परा, सांस्कृतिक रीतिरिवाज तथा उत्पादनलाई प्राथमिकता दिनुपर्दछ र प्रचारप्रसारमा ल्याउनुपर्दछ l”

कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकारको कामबारे एक वर्षमै परिणाम नखोज्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्