Logo

माइकल अधिकारीकाे छायांकन सुरू



Spread the love

काठमाडाैं । कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र माइकल अधिकारीको छायाङ्कन सुरु भएको छ । माघे सङ्क्रान्तिको अवसर पारी बुधवार झापाको सदरमुकाम बिर्तामाेडमा छायांकन सुरू गरिएकाे छ ।

चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समूह परिवर्तन थिएटरका कलाकारको अभिनय रहने छ ।

कमेडी जनरामा निर्माण हुने चलचित्रकाे सम्पूर्ण छायाङ्कन बिर्तामोड र इलाममा गरिने निर्माण टाेलीले जनाएकाे छ ।कलाकार साैगात मल्लले छुट्टै भूमिकामा देखिन थालेकाे र चलचित्रकाे स्क्रिप्टले तानेकाे बताएका छन् । चलचित्र गाेपीकृष्ण मुभिजकाे ब्यानरमा बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्