Logo

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुन १ देखि सुरू



Spread the love

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुन १ गतेदेखि ५ गतेसम्म काठमाण्डाै हुने भएको छ ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागकाे महाेत्सवमा ५५ देशका ६०० भन्दा बढि फिल्मबबाट उत्कृष्ट ८० फिल्म छनाेट भएका छन् ।  १० अन्तर्राष्ट्रिय कथानक फिल्म, ३५ लघु फिल्म, ५ नेपाली कथानक फिल्म, १५ नेपाली लघु फिल्म, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्महरु प्रदर्शन हुनेछन् । एनिमेटेड  र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो ।

महोत्सवमा कथानक फिल्म, वृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट फिल्महरुलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक फिल्मलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने आयोजकले बताएकाे छ । त्यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिनेछ ।

त्यसैगरी नेपाली उत्कृष्ट फिल्मलाई १ लाख रुपैयाँ सहितको पुरस्कार र उत्कृष्ट लघु फिल्मलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । कथानक फिल्मको मूल्याङ्कनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ । त्यस्तै वृत्तचित्र, लघु फिल्म तथा एनिमेटेड फिल्मको मूल्याङ्कनका लागि श्रीलंकाली फिल्मकर्मी अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्