Logo

गुरुङ समुदायकाे ल्हाेसार पर्व मनाइंदै



Spread the love

काठमाडाैं । परापूर्व कालदेखि गुरुङहरुले ल्होसार पर्व मनाउँदै आएका छन् । ल्होसार पर्वलाई गुरुङ जातिहरुले नयाँ वर्षकोकोे रुपमा लिने गर्दछन् ।

ल्होसारलाई तमु ल्होसार पनि भन्ने गरिन्छ । ल्होको अर्थ वर्ष र सारको अर्थ फेरिनु हो । यसरी नयाँ वर्षलाई गुरुङ जातिहरुले ल्होसारको पर्वको रुपमा मनाइरहेका छन् ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र त्यसपछिका रातहरु घट्दै जाने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको गुरुङ समुदायहरु बताउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेकाे छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ्ग, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन सुरु गरिएको विश्वास गरिन्छ ।

तमु ल्होसार मूल समारोहद्धारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराई र नागरिकमन्त्री पार्वत गुरुङले पनि सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्