Logo

चपही हाइट ३ को छायांकन सकियाे



Spread the love


काठमाडौं । निकेश खड्काको निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र चपली हाइट ३ को छायांकन सकिएको छ ।

चाराना मसला गीतकाे छायांकन गरिएपछि सम्पूर्ण छायाङ्कन सकिएको हो । उक्त गीतमा अभिनेत्री स्वस्तिमा र सुपुष्पालाई बोल्ड रुपमा देख्न पाइनेछ । काठमाडौँको ठमेलमा अवस्थित एक क्लबमा गीतको छायाङ्कन गरिएको हो । गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर, सुवास भुसालको सङ्गीत रहेको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमार फिल्मस प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रको जनरा सस्पेन्स थ्रिलर हो । चलचित्र चैत २८ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्