Logo

चलचित्र ओह प्रिया बन्ने



Spread the love


काठमाडौँ । सूर्य बोहराको निर्देशनमा नयाँ चलचित्र ओह प्रिया बन्ने भएको छ । चलचित्रकी निर्मात्री हिराल जोशीको जन्मदिनको सुअवसरमा मंगलबार चावहिलको गणेश स्थानमा स्क्रिप्टको पूजा गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।


चलचित्रको स्क्रिप्ट लेखन र निर्देशनमा बाेहराले नै रहेका छन् ।

चलचित्र छायाङ्कनका लागि नेपालका विभिन्न भू–भागका साथसाथै विदेशका वेल्स, स्कटल्यान्ड, लण्डन र क्यानडामा गरिने बताइएको छ । प्राविधिक पक्ष र कलाकारहरुको छनौट कार्य अहिले भइरहेको छ ।

बोहराको निर्देशनमा बनेको चलचित्र हेलो जिन्दगी अझै रिलिज भएको छैन । ओह प्रिया आगामी वर्षको दशैंको आसपासमा प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्