Logo

चलचित्र माइकल अधिकारीको छायाङ्कन सम्पन्न



Spread the love


काठमाडौं । नेपाली कथानक चलचित्र माइकल अधिकारीको छायाङ्कन सम्पन्न भएको छ । गोपी कृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्रमा सौगात र सृष्टि प्रमुख भूमिकामा रहेका छन् भने उनीहरुलाई हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, अशान्त शर्मा लगायतका कलाकारहरुले साथ दिएका छन् ।

चलचित्रमा सौगात र सृष्टि आर्थिक रुपले कमजोर भएका जोडीको रुपमा देखिनेछन् । माइकल अधिकारी चलचित्र रन्जित रौनियारले निर्देशन गरेका हुन् । चलचित्र चैत २८ मा प्रदर्शन हुने छ ।

प्रतिक्रिया दिनुहोस्