Logo

परदेशी–२ मा केकी अधिकारीको पनि अभिनय हुने



Spread the love


काठमाडौँ ।
नेपाली कथानक चलचित्र परदेशी–२ मा केकी अधिकारी पनि देखिने भएकी छिन् ।


चलचित्रको शुभ मुहूर्तसँगै छायांकन सुरु भइसकेको छ । प्रस्तुत चलचित्रबाट गायक प्रकाश सपुतले डेब्यू गर्दै छन् । प्रकाश सपुतलाई नायिका वर्षा सिवाकोटीले साथ दिएकी छिन् ।
वि सं २०७२ सालमा प्रदर्शनमा आएको चलचित्र परदेशीमा प्रशान्त तामाङ र रजनी केसीको अभिनय रहेको थियो ।

परदेशी–२ लाई नारायण रायमाझीले निर्देशन गर्दै छन् । विदेशीएका नेपाली युवाहरुको पीडालाई चलचित्रमा प्रस्तुत गरिनेछ । चलचित्रमा प्रकाश, वर्षा र केकीको साथै नीर शाह र प्रकाशका भाइ बब्लुको पनि अभिनय देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्