Logo

कठपुतलीको पोस्टर सार्वजनिक



Spread the love


काठमाडौं । नेपाली कथानक चलचित्र कठपुतलीको पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरमा पुजारीले पूजा गरिरहेको जस्तो देख्न सकिन्छ ।

कठपुतली चलचित्रका निर्देशक भिमसेन लामा हुन् । नेपामा हरर जनरामा खासै चलचित्र बन्दैनन् । कठपुतली हरर जनरामा बनेको चलचित्र हो ।

राजाको दरबारीय परिवेशमा हुने शोषण, बलात्कार लगायतका घटनाहरुबाट प्रताडित भएका महिलाहरुले मरेपछि बदला लिएको कथामा चलचित्र आधारित रहेको छ ।

चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, उषा रजक, सुवर्ण थापा, कर्मालगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र यसै वर्ष प्रदर्शन गरिने छ तर मिति भने निर्माण पक्षले तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्