Logo

घरपछि तीन जन्तु बनाउँदै अर्पण थापा



Spread the love


काठमाडौं । निर्देशक अर्पण थापा तीन जन्तु नामक चलचित्र बनाउने तयारीमा जुटेका छन् ।

चलचित्र तीन जन्तुमा सौगात मल्ल, श्रृष्टि श्रेष्ठ र रविन तामाङको मूख्य भूमिका रहनेछ । निर्देशक थापा पनि चलचित्रमा देखिने छन् ।

चलचित्रको छायांकन केही दिनमै थालनी हुनेछ । चलचित्रको अरु जानकारीको बारेमा भने निर्माण पक्षले केही खुलासा गरेको छैन ।

थापाले यसभन्दा अघि हरर जनरामा घर नामक चलचित्र बनाएका थिए । घरले सफलता भने दिएन । थापाको निर्देशनमा मुखौटा, आधा लभ र घरजस्ता चलचित्र बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्