Logo

छक्का पन्जा–४ दशैंमा रिलिज हुने



Spread the love


काठमाडौं । नेपाली कथानक चलचित्र छक्का पन्जा–४ दशैंमा रिलिज हुने पक्का भइसकेको छ । प्रस्तुत चलचित्र दशैंको फूलपातीको दिन रिलिज हुनेछ ।

छक्का पन्जा–४ को निर्माण हुने घोषणा पहिल्यै भएको थियो । यस भन्दा अघि दीपकराज गिरी र उनको टिमले चलचित्र छ माया छपक्कै बनाएको थियो । टिम पुनः छक्का पन्जाको सिरिजमा फर्किएको छ ।

दीपकराज गिरीले जुनसुकै हालतमा पनि चलचित्र रिलिज हुन अघिपछि नहुने समेत बताएका छन् । फूलपातीको दिनमा नै झरना थापाको ए मेरो हजुर–४ पनि रिलिज हुँदैछ । ए मेराे हजुर–४ मा अनमाेल केसी र सुहाना थापाकाे मूख्य भूमिका रहनेछ । चलचित्रकाे छायांकन हिजाेदेखि सुरू भइसकेकाे छ । दुबै चलचित्रमध्ये कसले बाजी मार्ला त्यो त समयले नै बताउने छ ।

छक्का पन्जा–४ मा दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालको मुख्य भूमिका रहनेछ । अभिनेत्रीको भने अझै टुङ्गो लागेको छैन । चलचित्र दीपाश्री निरौलाको निर्देशनमा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्