Logo

कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रमहरु स्थगित



Spread the love


काठमाडौं । सरकारले २०२० लाई भ्रमण बर्ष घोषण गरेको थियो । सरकारले नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने तयारी गरेको छ । विश्वमा देखिएको कोराना भाइरसको संक्रमण र यसले निम्त्याउन सक्ने जटिलतालाई ख्याल गर्दै सरकार यो तयारीमा पुगेको हो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा मन्त्रिपरिषद प्रस्ताव ल्याउन पर्यटनमन्त्री योगेश भट्टराई बताइसकेका छन् । ‘मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गर्दैछ,’ मन्त्रालयका ती अधिकारीले भने, ‘कोरोना भाइरसका कारण अहिले नेपाल भ्रमण वर्ष मनाउन उचित नदेखिएकाले यो निर्णयमा सरकार पुगेको हो ।’

चीनको वुहान सहरमा सबैभन्दा पहिले देखिएको कोरोना भाइरस अहिले विश्वका ३६ भन्दा बढी मुलुकमा देखिइसकेको छ । यसको झन् ठूलो महामारी युरोपमा देखिएको छ । युरोपेली मुलुक इटालीमा कोरोना भाइरस संक्रमणका कारण मात्र ६ जनाको मृत्यु भइसकेको छ भने ७ सयभन्दा बढीमा यो संक्रमण देखिएको छ । त्यस्तै, युरोपमा स्विट्जरल्यान्ड, बेल्जियम, स्पेन, फ्रान्समा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

त्यसो त कोरोना भाइरस संक्रमण व्यापक भएपछि नेपालले पनि विमानस्थलमा हेल्थ डेस्क सुरु गरेको छ । तर, यो प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

कोरोना भाइरसकै कारण अधिकांश देशहरुले आफ्ना नागरिकलाई भ्रमणमा ननिस्किन अनुरोध गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्