Logo

पानीफोटोको प्रदर्शन मिति सार्वजनिक



Spread the love


काठमाडाैं । नेपाली कथानक चलचित्र पानी फोटोको प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्र साउन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

पशुपतिप्रसाद र टलकजंग भर्सेज टुल्के चलचित्रबाट प्रशिद्धी कमाएका अभिनेता खगेन्द्र लामिछानेले निर्देशन गरेको डेब्यू चलचित्र हो पानीफोटो । धेरै पहिला पानी फोटोको नाटक पनि खगेन्द्र लामिछानेले निर्देशन गरेका थिए । उत्त नाटकलाई धेरैले मन पराएका थिए ।

लापत्ता भएको छोराको पर्खाइमा बसेका आमाबुवाको कथामा पानीफोटो चलचित्र बनेको छ । चलचित्रमा खगेन्द्र लामिछाने,प्रकाश घिमिरे, अनुप बराल, मलिका महत, बुद्धि गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । पानीफोटोको निर्मातामा भने रविन्द्र बज्राचार्य र रोजिना सिटौला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्