Logo

चलचित्र २ नम्बरीमा भुटानकी अभिनेत्री तथा निर्देशक देखिने



Spread the love


काठमाडौं । दिपेन्द्र लामाको निर्देशनमा बन्न लागको नेपाली कथानक चलचित्र २ नम्बरीमा भुटानकी अभिनेत्री तथा निर्देशक उगेन छोदेन पनि देखिने भएकी छिन् ।

चलचित्रमा उगेन दयाहाङ राईको जोडीको रुपमा देखिने छिन् । चलचित्रको छायांकन फाल्गुण २८ गतेबाट सुरु हुनेछ । उगेनले २ नम्बरीबाट कलिउडमा पनि प्रवेश गर्दै छिन् ।


चलचित्रमा उगेन भुटानी नागरिकको रुपमा नै देखिने छिन् । उगेनले नेपाली चलचित्रमा काम गर्न पाउनु सौभाग्य भएको बताएकी छिन् । भुटानमा राजेश हमाल, दयाहाङ राई, पल शाह लगायतका विभिन्न कलाकारहरुको समर्थक धेरै रहेको बताइन् ।

२ नम्बरीमा दयाहाङ राई, पल शाह, वर्षा राउत, बुद्धि तामाङ, जयनन्द लामा लगायतका कलाकारहरूकाे अभिनय रहनेछ । २ नम्बरी दिपेन्द्रकाे चाैथाे चलचित्र हाे । वि.सं २०७७ काे जनैपूर्णिमाकाे दिन चलचित्र रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्