Logo

म यस्तो गीत गाउँछु– २ को प्रदर्शन रोकियो



Spread the love


काठमाडौं । कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमणको कारणले नेपाली कथानक चलचित्र म यस्तो गीत गाउँछु–२ को प्रदर्शन रोकिएको छ ।

कोरोनाको कारणले निर्माताहरु चलचित्रको प्रदर्शन रोक्न थालेका छन् । म यस्तो गीत गाउँछु–२ फाल्गुण ३० मा प्रदर्शन हुने कुरा थियो तर अब भने अनिश्चित बनेको छ ।

आमा र सेन्टी भाइरसका पनि दर्शकहरु कोरोनाको कारण घटिरहेका छन् । तर शुक्रबार बाघी भने प्रदर्शनमा आएको छ । बाघी प्रदर्शन हुने भनेर म यस्तो गीत गाउँछु–२ लाई फाल्गुण ३० मा प्रदर्शन गर्ने बताइएको थियो ।

म यस्तो गीत गाउँछु–२ मा पल शाह र पूजा शर्माको प्रमुख भूमिका रहेको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्