Logo

नीरफूलको प्रदर्शन मिति सर्यो



Spread the love


काठमाडौं ।
फूलमान वलको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र नीरफूलको प्रदर्शन मिति सरेको छ ।

कोरोना भाइरसको कारणले गर्दा प्रस्तुत चलचित्रको प्रदर्शन मिति सरेको हो । चैत ७ गते प्रदर्शन गर्ने भनिएको चलचित्र पछाडि धकलिएको छ ।

यसैगरी म यस्तो गीत गाउँछु–२ पनि पछाडि धकलिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको कारणले गर्दा बलिउड हलिउडका चलचित्रहरुको पनि प्रदर्शनमा रोक लगाइएको छ । अप्रिलमा प्रदर्शन गरिने भनिएको हलिउडको जेम्स बोन्ड सिरिजको चलचित्र नो टाइम टु डाइ नोभेम्बरमा पुगेको छ ।

नीरफूलमा दयाहाङ राई, रेखा थापा, बुद्धि तामाङ, पुष्कर गुरुङ, शान्ति बाइबा, राजन खतिवडा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्