Logo

टिक टकमा अब गरिब अनि कुरुप मानिसको भिडियो राख्न नमिल्ने



Spread the love


एजेन्सी । चीनीया एप टिक टकले अब गरिब अनि कुरुप देखिने मानिसको भिडियो एपमा राख्न नमिल्ने नयाँ नियम बनाएकाे छ ।

द इन्टरसेप्टको रिपोर्ट अनुसार अब टिक टकमा मोटो, असमान्य, बुढो र फरक देखिने मानिसको भिडियो राख्न मिल्ने छैन ।

रिपोर्ट अनुसार टिक टकको गाइडलाइनमा गरिब देखिने मानिसको प्लेटफर्म नै बन्द गरिने बताइएको छ । लिक भएको टिकटक गाइडलाइन अनुसार घरको बिग्रिएको भित्तो अथवा पुरानो डेकोरेसनवाला घरमा बनाइएको भिडियोलाई टिक टकले राख्न दिने छैन ।

टिक टकले यो पनि बताएको छ कि यो गाइडलाइन अमेरिकी मार्केटको लागि नभई अरु क्षेत्रको लागि बनाइएको हो । यस्तो भेदभावपूर्ण व्यवहारले फेरि पनि टिक टक विवादमा आउनेछ । डाटा कलेक्सन अनि अश्लील विषयवस्तुलाई लिएर यसभन्दा पहिला पनि टिक टक विवादित भएको थियो

प्रतिक्रिया दिनुहोस्