Logo

लकडाउनमा २ दिदिबहिनीले गरे भिडियो कन्फरेन्सबाटै विवाह !



Spread the love

एजेन्सी । कोरोना भाइरसका कारण अधिकांश मुलुकमा लक–डाउन गरिएको छ । भारतको विहारस्थित बेगूसरायमा लक–डाउनका समयमा दुई दिदिबहिनीको अनलाइनबाट विवाह भएको छ । ल्यापटपमा भिडियो कन्फ्रेन्सिङ गरी दुई दिदिबहिनीको विवाह सम्पन्न भयो ।

स्थानीय मिदहटोली निवासी मोहम्मद वली अहमद कुरैशीको दुई छोरी नगमा परवीन र राहत परवीनको २५ मार्चमा विवाह तय भएको थियो । लक–डाउनलाई समर्थन गर्दै बेहुला र बेहुलीपक्षले अनलाइनबाटै विवाह गर्ने निर्णय गरे ।

प्रतिक्रिया दिनुहोस्