Logo

भाइबहिनीसँग मिलेर ६ बर्षिय बालिकाले किनिन् सात करोडको घर



Spread the love
तस्बिर – एजेन्सी

एजेन्सी । अष्ट्रेलियाको मेलवर्नमा एक ६ बर्षिय बालिकाले आफ्ना भाइ–बहिनीसँग मिलेर आफ्नो एउटा घर किनेकी छन् । उनीहरुले आफ्नो पकेट मनीबाट पैसा जोगाएर करिब ७ लाख डलर पर्ने घर खरिद गरेका हुन्।

यी तिनैजना रुबी, गस र लुसी म्याकलेननको जनही २ हजार डलर सहयोगमा घर खरिद गरेका हुन् ।

यो घर र जग्गा मेलबर्नको दक्षिण पूर्वस्थित क्लाइडेमा छ । हाल यसको मूल्य ६७१,००० डलर परेको छ । यी तिनैजनाले यो सम्पत्ति सन् २०३२ मा बेच्ने र त्यसपछि मात्रै आफ्नो नाफा बाँड्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्