Logo

लकडाउनमा भोकै बस्नुपर्दा महिलाहरूले खोसेर खाए कुकुरबाट रोटी



Spread the love

एजेन्सी । विश्वभर कोरोनाले महामारी निम्त्याई रहदा भारत सरकारले २१ दिनको लकडाउन घोषणा गरिएपछि मानिसहरू घरैमा बन्द भएका छन् । तर ज्यालादारी मजदूरहरू भने खान नपाएर भोकभोकै पर्न थालेका छन् । यसैक्रममा बिहारको भागलपुरमा भोकले आकुल भएका महिलाको कारुणिक कथा सार्वजनिक भएको छ ।

सडकमा रोटीको एक टुक्रा खस्दा एउटा कुकुर त्यो खान आइपुग्छ । कुकुर त्यहाँ पुग्दा दुई महिला पनि पुग्छन् र कुकुरलाई भगाएर रोटीको टुक्रा उठाउँछन् । लकडाउनले गर्दा गरीबहरूलाई भोजनको संकट आइपरेको छ ।

भागलपुरमै भोकमरीकै कारण तीन अनाथ दिदीबहिनीले पेटको ज्वाला शान्त पार्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पुकारासमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्