Logo

भारतमा कोरोनाको संक्रमण तिव्र गतिमा बढ्दै



Spread the love

Corona cancellations – WA Ghostwriter

एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण तिव्र गतिमा बढ्दै गएको छ । जनवरी ३० मा भारतमा पहिलो केस देखिएको थियो ।

जनवरी ३० देखि मार्च ८ सम्म लगभग १ महिनामा १००० केस भेटिए तर त्यसपछि भने तिव्र गतिमा बढेको छ । अप्रिल १ मा आउँदा बढेर २००० केस भए । अहिलेसम्मको आंकडा अनुसार भारतमा संक्रमितको सङ्ख्या बढेर ૪०६७ पुगेको छ भने १०९ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा ६९० जनामा कोरोना संक्रमित छन् । महाराष्ट्रपछि तमिल नाडुमा अत्याधिक संक्रमित भेटिएका छन् ।

तमिल नाडुमा ५७१ जना संक्रमित रहेका छन् ।कुन ठाउँमा कति संक्रमित ?
दिल्ली: ५०३
तेलंगाना: ३२१
केरला: ३१૪
राजस्थान: २५३
आन्द्र प्रदेश: २२६

उत्तर प्रदेश: २२७
कर्नाटक: १५१
गुजरात: १२२
जम्मु कश्मिर: १०६
हरियाणा: ८૪
वेस्ट बंगाल : ८०
ओडिशा: २१

बिहार: ३०

प्रतिक्रिया दिनुहोस्